दफा
सदस्यता समाप्त हुने अवस्था

देहायको अवस्थामा काउन्सिलको सदस्यता समाप्त भएको मानिनेछ ।

(क) मृत्यु भएमा,

(ख) दफा ६ बमोजिम सदस्य रहन अयोग्य भएमा,

(ग) सदस्यको पदबाट दिएको राजीनामा स्वीकृत भएमा,

(घ) काउन्सिललाई कारण सहितको सूचना नदिई लगातर तीन पटकभन्दा बढी काउन्सिलको वैठकमा अनुपस्थित भएमा । तर, काउन्सिलले कुनै सदस्यलाई बढीमा छ महिनासम्म काउन्सिलको वैठकबाट अनुपस्थित रहन सक्ने गरी अनुमति दिन सक्नेछ ।